पोखरामा आजै १ सय ५५ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ३५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप ३५ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १० का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५ पुरुष तथा १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २८ वर्षीय २ जना, ५०, ५४ र ५५ वर्षीय ५ जना पुरुष तथा ५५ वर्षीय १ जना महिला रहेका छन् ।

पोखरा ५ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पुरुष हुन् । सो वडाका २८, २९, ३० र ३९ वर्षीय ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा १८ का ५९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा २ का ६८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ११ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३० वर्षीय १ जना पुरुष तथा ३६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २४ र ४९ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १५ की २५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ९ का ६६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरा ८ की २७ वर्षीय १ जना महिलालाई कोरोना पुष्टि भएको छ ।

पोखरा २६ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ६ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २१, २२, २७ र ३६ वर्षीय ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २१ र ४० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २५ की ३५ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा १२ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४९ र ५० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ३२ की ३३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १३ का २४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सो वडाका १३ वर्षीय बालिका तथा ४० वर्षीय पुरुष हुन् ।

त्यस्तै पोखरा १४ का २१ वर्षीय १ जना पुरुष तथा पोखरा २ का ४३ वर्षीय १ जान महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरामा यस अगाडि नै १ सय १९ जनालाई संक्रमण पुष्टि भएको थियो । योसंगै यो समाचार तयार पार्दासम्म पोखरामा १ सय ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बाग्लुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । सो जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर ४ का ५३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

म्याग्दीमा १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी ७१ वर्षीय पुरुष हुन् । संक्रमित जिल्लाको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका ३५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । त्यस्तै जिल्लाकै ठेगाना खुल्न नसकेका ४८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ७ का १९ वर्षीय १ जना महिला तथा बालिङ नगरपालिका वडा नम्बर १ का २५ वर्षीय १ जना पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार २ सय ८१ पुगेको छ ।

कमेन्टहरु
Loading...