पोखरा । गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रा.लिमा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ७ जनालाई कोरोना पुष्टि भएको हो ।
पर्वतमा ६ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ७ की ५७ वर्षीय १ जना महिला, वडा नम्बर १२ की २० वर्षीय महिला तथा वडा नम्बर १० का ५८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ६ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना महिला तथा १ जना पुरुष हुन् । १७ र २५ वर्षीय २ जना महिला तथा १५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो तथ्यांक अनुसार लमजुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको मस्र्याङ्दी ३ का ५८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।