भिटेनको नयाँ गित ‘पारा’ युट्युबबाट हटाइयो

पोखरा । भिटेन नामले चर्चित र्‍यापर समीर घिसिङलाई कारबाहीका लागी प्रहरी प्रधान कार्यलयले साइबर व्युरोलाई पत्र काटेपछि उनको गित युट्युबबाट हटाइएको छ।

युट्युब ट्रेण्डिङ नम्बर १ मा रहेको उनको गित ‘पारा‘ मा समावेश शब्दहरु आपत्तिजनक रहेको भन्दै प्रहरी प्रधान कार्यलयले कारबाहीको लागी व्युरोलाई पत्राचार गरेको थियो ।

५ दिन अगाडी युट्युबमा रिलिज गरिएको गितले करिब ११ लाख भ्युज पाइसकेको थियो । भिडियोलाई हाल प्राइभेट गराइएको छ ।

भिटेनले आफ्नै च्यानल भिटेन म्युजिकबाट उक्त गित सार्वजनिक गराएका थिए । यसअघि पनि गितकै विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

कमेन्टहरु
Loading...