पोखरा । पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १४ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २५ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १९ तथा २५ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ महिला तथा १ पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित ३६ वर्षीय १ जना पुरुष तथा ६२ वर्षीय १ जना महिला रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २१ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३५ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा १६ का ५६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा ४ का ३२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा १२ की २५ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित २८ र ३८ वर्षीय २ जना महिला रहेका छन् ।
पोखरा २६ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ महिला तथा १ पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित ३८ वर्षीय १ जना महिला तथा ४३ वर्षीय १ जना पुरुष रहेका छन् ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १३ का ५४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
आज दिउँसोको तथ्यांक अनुसार कास्कीमा ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगैं यो समाचार तयार पार्दासम्म कास्कीमा ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यता तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का १७ र २० वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ७४ पुगेको छ ।