पोखरा । कास्कीमा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप ३ जनालाई संक्रमण पुष्टि भएको हो ।
जिल्लाको मादी गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
यस्तै पोखरा महानगरपालिका वडा नम्बर १६ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडाका ४२ वर्षीय १ जना पुरुष तथा ३९ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरामा आज कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ । वडा नम्बर १३ की ३६ वर्षीय महिलाको कोरोनाबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७१ पुगेको छ ।
पर्वतमा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला अन्तरगत मोदी गाउँपालिका वडा नम्बर २ का ६६ वर्षीय १ जना महिला तथा ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।
म्याग्दीमा ५ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिकामा रहेको बेनी अस्पतालमा कार्यरत २७ वर्षीय १ जना स्वास्थ्यकर्मी तथा नेपाल प्रहरीमा कार्यरत १ जना २५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । यस्तै रहुगंगा हाइड्रोमा कार्यरत ४१, ५० र ५५ वर्षीय ३ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गोरखामा २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको अजिरकोटका ६ जना, पालुङटारका ७ जना तथा गोरखा नगरपालिकाका १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।