- सौगात पोखरेल
मर्दी हिमाल पर्यटन पदमार्ग बराह क्षेत्रको पुनरागमन हो भन्ने कुरा धेरैलाई थाह नहुन पनि सक्छ । करिव सय बर्ष अगाडीसम्म मर्दी हिमाल ट्रेकलाई बराह तिर्थ धामको रुपमा चिनिने गरिएको ईतिहासहरु भेट्न सकिन्छ । पछि धार्मीक पदयात्रामा बिबिध कारणले समस्या आएपछि केहि समय त्यो पदयात्रा शुन्य अवस्थामा पुगेको थियो ।
त्यहि बराह क्षेत्र उर्फ मर्दी हिमाल ट्रक लकडाउनले फेरी शुन्य अबस्थामा झर्यो । हिउँदमा होस या वर्षामा छोटो पदमार्ग भएको कारण मर्दी हिमाल ट्रेकका होटलहरु कहिल्यै खाली बस्न परेन । तर लकडाउनमा एकजना पर्यटकहरुले पनि मर्दी हिमाल ट्रेक टेक्ने शाहस गरेनन् । भिजिट नेपाल २०२० का लागि भनेर गरेका लगानीहरु मर्दीका पानीमा बगेर गए ।
बिस्तारै लकडाउन खुकुलो बन्दै गयो । अनि बिस्तारै मर्दी हिमाल ट्रेकमा पदयात्रीहरु फाट्ट फुट्ट देखिदै गए ।
मर्दी हिमाल ट्रेकको कोकार उर्फ फरेष्ट क्याम्पमा होटल संचालन गरिरहेका युवा व्यबसायी रामगुरुङ भन्छन् ‘पहिलेको तुलनामा नभएपनि फाट्टफुट्ट पर्यटकहरु देखिन थालेका छन् । अवस्था अलिसहज बन्दै जाने हो भने मर्दी हिमाल ट्रेकले फेरी बिस्तारै पिकअप लिन्छ । अब बिस्तारै स्वास्थ्य शुरक्षा सावधानीका उपायहरु अपनाएर पदमार्ग खोल्नुको बिकल्प छैन । त्यसो गरिएन भने पर्यटन क्षेत्रले गम्भिर दुघर्टना ब्यहोर्न पर्छ ।’
मर्दी हिमाल ट्रेकका अभियान्ता सुदीप गौतम भन्छन् –‘परिस्थिति अलि सहज हुनेबित्तिकै आन्तरिक पर्यटकहरुको फ्लो बढेको छ । यसलाई स्वास्थ्य शुरक्षा सावधानीका उपायहरु अबलम्बन गरेर अगाडी बढाउनुको बिकल्प छैन । करिव आधा बर्ष थलिएको पदमार्गका लागि आन्तरिक पर्यटकहरुले आशाको किरण बोकेर आएका छन् । अबस्था सहज बन्दै जाने हो भने हाम्रो व्यबसायका लागि यो सुनौलो अबसर बन्न सक्छ । ’
लगभग आधाबर्ष सुनसान रहेको मर्दी हिमाल ट्रेक बिस्तारै तङग्रीएको संकेत भेट्न सकिन्छ । कोरोनासँग डराएर भन्दा सुरक्षा सावधानी अपनाएर कोरोना सँगसँगै अगाडी बढ्न सकियो भने मात्र अर्थतन्त्रको क्षयीकरणलाई रोक्न सकिन्छ ।