पोखरामा १ सहित गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरामा १ सहित प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिकामा १ जनालाई संक्रमण पुष्टि भएको छ । महानगरपालिका अन्तरगत वडा नम्बर १६ का ४५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्ला अन्तरगत बाँबुखैरेनी ३ का २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

गोरखाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको पालुङटार २ का ३४ वर्षीय महिला तथा ९ का ४० वर्षीय पुरुष हुन् ।

नवलपरासी ब.सु.पू का १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो जिल्लाका कावासोती, गैंडाकोट, देवचुली तथा मध्येविन्दुका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार ३ सय ७१ पुगेको छ ।

कमेन्टहरु
Loading...