पोखरा । गण्डकी प्रदेश सभामा नेकपा संसदीय दलकी सचेतक गायत्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुरुङसँगै उनका श्रीमान् नेकपा कास्कीका सचिव पनि कोरोना संक्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङमा परेपछि सचिव गुरुङ र उनकी श्रीमतीको कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो । बुधबार साँझ गुरुङको रिर्पोट आएको थियो । दुवै होमआइसोलेसनमा छन् । दुवैमा कोरोनाका लक्षण भने छैनन् । यसअघि प्रदेश सभामा अर्थ विकास समिति सभापति दीपक कोइराला संक्रमित भएका थिए ।
२०८२ आश्विन २५ गते शनिबार