गण्डकीमा थप २२ जनामा संक्रमण पुष्टि

 

पोखरा । गण्डकी प्रदेशमा थप २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ३ जिल्लामा २२ जना संक्रमितहरु थपिएका हुन् ।

 

 

नवलपरासीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोतीमा ६ जना, देवचुलीमा १ जना , गैंडाकोटमा ९ जना गरि थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै गोरखा नगरपालिकामा १ जना र सिरनचोकमा १ जना, सुलिकोटमा १ जना गरि गोरखामा थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यता तनहुँमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । क्रसिङमा १ जना , व्यासमा १ जना र शुक्लागण्डकीमा १ जना गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ९५ पुगेको छ ।

कमेन्टहरु
Loading...