काठमाडौं । बुधबार राति घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा शानदार जितसहित प्रभावशाली सुरुवात गरेको छ । स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले पराजित गर्दै म्युनिखले जित हासिल गरेको हो ।
रातिको खेलमा पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि किंग्स्ली कोम्यानले २८ र ७२ औँ मिनेटमा गरी दुई गोल गरे ।
४१ औँ मिनेटमा लियोन गोरेट्ज्का तथा ६६ औँ मिनेटमा कोरेन्टिन टोलिसोले गोल गरेका हुन् । जर्मन जाइन्ट बार्यनले च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित दर्ता गरेको छ ।
समूह ए अन्तर्गत नै बुधबार राति भएको खेलमा आरबी साल्ज्बर्ग र लोकोमोटिम मस्कोले २–२ को बराबरी खेलेर अंक बाँडेका छन्।