तनहुँ। मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय १ व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् । गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा ज्यान गुमाएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले ८ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो । टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उनको उपचारका क्रममा ज्यान गएको थियो । ज्यान गुमाए पछि उनको पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । रासस