पोखरेली माग्ने बुढा भण्डारीलाई कोरोना

पोखरा । पोखरेली माग्ने बुढाले परिचित कलाकार युवराज भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

विगत एकहप्ता देखी लक्षण सहितको ज्वरोका कारण घरमा आराम गरिरहेका उनलाई सोमबार कोरोना पुष्टि भएको हो ।

‘आज बेलुका मात्रै ५ ३० बजे कोरोना संक्रमण भएको खुलेको छ । आशा छ हजुरहरुको मायाले हामीलाई केही हुने छैन’, उनले लेखेका छन् ।

कमेन्टहरु
Loading...