पोखरा । गण्डकी प्रदेशमा थप १९ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशको तनहुँ , लमजुङ , पर्वत र कास्की गरि ४ जिल्लाका १९ जनामा संक्रमण पुष्टि भएको छ ।
कास्की जिल्लामा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका सबै पोखरा महानगरपालिका र मादी गाँउपालिाकाका हुन् । थपिएका संक्रमित मध्य २ जना फेवासिटी अस्पताल र ३ जना मेडीप्लस अस्पतालमा स्वाब संकलन गराएका व्यक्ति हुन् । त्यस्तै मादी गाँपालिकामा ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यता लमजुङको सुनदरबजारमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्वतमा मोदीमा २ जनामा संक्रमण पुष्टि भएको छ । यता तनहुँमा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय १६ पुगेको छ ।