पोखरामा २ सहित कास्कीमा थप ४ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३८ वर्षीय पुरुष तथा ४० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यस्तै पोखरा महानगरपालिकामा थप २ जनालाई कोरोना पुष्टि भएको छ । महानगरपालिका अन्तरगत वडा नम्बर ७ की ४० वर्षीय महिला तथा ९ का २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरामा आज बिहान समेत २६ जनालाई कोरोना पुष्टि भएको थियो भने १ जनाको ज्यान गएको थियो ।

तनहुँमा २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बन्दीपुर १ का ४० वर्षीय पुरुष तथा ३ की ४० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ७ सय ३० पुगेको छ ।

कमेन्टहरु
Loading...