पोखरा । नवलपरासी (ब.सु.पू) मा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा जिल्लामा थप ५ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित गैंडाकोट तथा देवचुलीका रहेका छन् ।
सबैको सोही अस्पतालको फिभर क्लिनिकमा पहिचान भएको हो । उनीहरु सोही अस्पतालको आइसोलेसन कक्ष रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ६ सय ९० पुगेको छ ।