कोरोनाबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाकी महिलाको निधन

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत रहेकी ५२ वर्षीय महिलाको कोरोनाबाट आज बिहान ९ बजेर ३४ मिनेट जाँदा ज्यान गएको हो ।

स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २ घर भएकी उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचार कै क्रममा उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ केन्द्रमा उनको ज्यान गएको हो । मृतक महिलाको केन्द्रको आइसियुमा उपचार भइरहेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट ज्यान गुमाउने उनी १३ औं व्यक्ति हुन् ।

कमेन्टहरु
Loading...