पोखराका विभिन्न अस्पतालका चिकित्सक तथा बिरामी सहित २९ जनालाई कोरोना पुष्टि, नवलपरासीमा ५६ जना थपिए

पोखरा । पोखरामा थप २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका २ जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । ३० र ३१ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा कै ओम अस्पतालमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सोही अस्पतालमा उपचाररत २८ वर्षीय पुरुष हुन् ।

चरक मेमोरियल अस्पतालमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अस्पतालमा उपचाररत रहेका ४० वर्षीय महिला तथा ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

फेवासिटी अस्पतालका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी उक्त अस्पतालमा रहेको क्यान्टिनमा कार्यरत १९ वर्षीय पुरुष हुन् ।

त्यस्तै पोखरा १ का ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ५ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३२, ३६ र ३८ वर्षीय पुरुष हुन् ।

पोखरा ६ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाको ४९ वर्षीय पुरुष तथा ४५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ का ३५ वर्षीय तथा ८ का ७५ वर्षीयलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १० का ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २९, ४० र ५१ वर्षीय पुरुष तथा २१ र ३५ वर्षीय महिला रहेका छन् ।

पोखरा १३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २४ र ४८ वर्षीय पुरुष हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित १९ र २९ वर्षीय पुरुष हुन् ।

पोखरा २५ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३२ र ४९ वर्षीय २ जना महिला तथा २०, ५५ र ८२ वर्षीय ३ पुरुष रहेका छन् ।
त्यस्तै पोखरा २९ का ४१ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

तनहुँमा २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको भीमाद नगरपालिका, ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका तथा बन्दीपुरका रहेका छन् ।

लमजुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको मध्यनेपालका रहेका छन् ।

स्याङ्जाका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको भीरकोटकी ५२ वर्षीय महिला हुन् । उनी कति नम्बर वडाकी हुन् भन्ने खुलेको छैन ।

नवलपरासीमा आज एकैपटक ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित देवचुली तथा मध्यविन्दुका हुन् ।

बाग्लुङमा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना नेपाली सेनामा कार्यरत रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ९ सय ७१ पुगेको छ ।

 

कमेन्टहरु
Loading...