पोखरा । पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १० जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कपडा पसल तथा होम डेकोरका सञ्चालक हुन् । पोखरा ७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३१ र ६० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । ३१ वर्षीय पुरुष सडक कार्यालय पोखरामा कार्यरत रहेका छन् ।
पोखरा १० की २४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा १३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित १७ वर्षीय किशोरी तथा ३१ वर्षीय पुरुष रहेका छन् ।
पोखरा १७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २९ र ३५ वर्षीय महिला तथा ४२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित ३५ वर्षीय महिला नेपाल विद्युत प्राधिकरण पोखरा शाखाका कार्यरत रहेकी छिन् ।
त्यस्तै पोखरा २६ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २६ वर्षीय महिला हुन् ।
आज बहिान समेत पोखरामा १६ जनालाई संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय पुरुष हुन् ।
पर्वतमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १० का ३० वर्षीय पुरुष हुन् । उनी नेपाल टेलिकम काठमाडौंमा कार्यरत रहेका छन् ।
त्यस्तै गोरखामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पालुङटार ७ की २५ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ९२ पुगेको छ ।