पोखरा । कास्कीमा ११ सहित गण्डकी प्रदेशमा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षीय तथा वडा नम्बर ९ का २२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ र २७ वर्षीय महिला तथा २९ वर्षीय पुरुष रहेका छन् । २९ वर्षीय पुरुष पोखरा महानगरपालिका स्वास्थ्य शाखाका कार्यरत कर्मचारी हुन् ।
वडा नम्बर ५ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३८, ४१ र ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा ८ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ वर्षीय बालक तथा १६ वर्षीय किशोर रहेका छन् । वडा नम्बर ९ का २२ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
पोखरा १७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३५ वर्षीय पुरुष तथा ३२ वर्षीय महिला रहेकी छिन् ।
पोखरामा आज बिहान समेत ३२ जनालाई संक्रमण पुष्टि भएको थियो ।
तनहुँमा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ब्यास नगरपालिका वडा नम्बर १ का ३७ वर्षीय, २ का १२ वर्षीय बालक तथा ५३ वर्षीय पुरुष, ४ का २७ वर्षीय १ जना पुरुष, ५ का २८ वर्षीय तथा ८ का २५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही नगरपालिका अन्तरगत वडा नम्बर १० का ४ जनालाई संक्रमण पुष्टि भएको छ । ८ वर्षीय बालक सहित ३४ वर्षीय पुरुष तथा २८ र ४० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही नगरपालिकाको नेपाल प्रहरीमा कार्यरत ३८ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
म्याग्दीमा थप ६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बेनी नगरपालिकाका हुन् । नगरपालिका अन्तरगत वडा नम्बर २ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ तथा १० वर्षीय बालक रहेका छन् ।
सोही वडामा २८ वर्षीय महिलालाई पनि संक्रमण पुष्टि भएको छ । नगरपालिका अन्तरगत वडा नम्बर ९ का समेत २४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लामा २ जना नेपाली सेनालाई संक्रमण पुष्टि भएको छ ।
३६ र ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ६ सय पुगेको छ ।