पोखरा । पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप ३४ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय १ महिला सहित ३९ र ६० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु पोखराको फेवा सिटी अस्पतालमा उपचारका लागि पुगेका थिए ।
तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ऋषिङ गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गोरखामा १० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको आरुघाट तथा भीमसेन थापाका हुन् ।
यता नवलपरासी (ब.सु.पू) का २० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कावासोतीका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ४ सय ८१ पुगेको छ ।
आज पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा १६ का ८३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान १० बजेर ४३ मिनेट जाँदा ज्यान गएको हो । उनी कोरोना भाइरस सहित मृगौला, हाइपरटेन्सन तथा डाइबेटिसबाट ग्रसित थिए ।