भरतपुर अस्पतालमा कोरोनाबाट १ जनाको मृत्यु

पोखरा । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका १ का ९२ वर्षीय वृद्धको ज्यान गएको हो ।

मृतक वृद्ध असोज २० गते अस्पताल भर्ना भएका थिए । विगत लामो समयदेखि उच्च रक्तचाप तथा दमको समस्याबाट ग्रसित उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई २ दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अस्पताल स्रोतका अनुसार उनको आज दिउँसो २ बजेर १३ मिनेट जाँदा ज्यान गएको हो ।

कमेन्टहरु
Loading...