कोरोना संक्रमणबाट बुटवल, नवलपरासी तथा चितवनका १/१ जनाको मृत्यु

पोखरा । कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप २ जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा नवलपरासी तथा बुटवल कै रहेका छन् । कोरोना संक्रमित २ जनाको नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा ज्यान गएको हो ।

नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप तथा दमबाट ग्रसित उनी शुक्रबार नै उपचारका लागि अस्पताल पुगेका थिए । सोही दिन पिसिआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए । उनको मंगलबार राति १२ बजेर ५० मिनेट जाँदा ज्यान गएको हो ।

यता बुटवलकी ५५ वर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको आज बिहान ५ बजे ज्यान गएको हो । गत शनिबार पिसिआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । अस्पताल स्रोतका अनुसरर उनलाई कुनै दीर्घ रोगको समस्या थिएन । पछिल्लो पटक भने उनमा उच्च ज्वरो तथा सुख्खा खोकीको समस्या देखिएको थियो ।

यता चितवनको पुरानो मेडिकल कलेजमा असोज १९ गते भर्ना भएका १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । मृतक जिल्लाको भरतपुर महानगरपालिका ३ का ७८ वर्षीय पुरुष हुन् । असोज १९ गते अस्पताल भर्ना भए पनि २० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासको समस्याबाट ग्र्सित उनको आज बिहान साढे ५ बजे उपचार कै क्रममा ज्यान गएको हो ।

कमेन्टहरु
Loading...