राउटे समुदायकी देवीका राउटे पहिलो पटक ‘मदानी’मा (भिडियो)

काठमाडौं  । लोपउन्मुख जाती राउटे समुदायकी देवीका राउटे अभिनयको क्षेत्रमा पहिलो पटक मोडलिङमा प्रवेश गरेकी छन ।

गायिका टिका पुन र गायक नविन पौडेलको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मदानी’ डिवि क्रियसन मार्फत सार्वजनिक भएको छ।

गीतमा युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ ।

पहिलो पटक राउटे समुदायकी मोडल देविका राउटेको अभिनय तथा विशेष प्रस्तुती रहेकाले आमरुपमा दर्शक तथा स्रोतले मन पराउनेमा आफु आशावादी रहेको गीतका सर्जक देव बोहराले बताए ।

देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सिर्जना गीतमा समेटिएको छ ।

अमित विश्वकर्माको छायाँकन , अनुप विश्वकर्माको सम्पादन तथा दिपक साउदको निर्देशनमा भिडियो निर्माण गरिएको छ ।

गीतको भिडियोमा देवकी राउटे र लोकेश कुवंरको अभिनय रहेको छ ।

[youtube https://www.youtube.com/watch?v=UHp8hep254Y]

कमेन्टहरु
Loading...