पोखरा/युवराज खतिवडा नेपाल राष्ट्रबैँकका पुर्व गर्भनर रुपमा सरकारी जागिरबाट बिदा भएका थिए । सरकारी जागिरबाट बिदा भए लगत्तै उनलाई नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभा सदस्यको रुपमा नियुक्त ग¥यो । राष्ट्रिय सभाको सदस्य भएसँगै उनलाई नेपाल सरकारको अर्थमन्त्रीको जिम्मेबारी प्रदान गरियो ।
अडियो प्रकरणमा बिबादमा परेपछि गोकुल बास्कोटाको जिम्मेबारी पनि युवराज खतिवडालाई नै दिईएको थियो । राष्ट्रिय सभा सदस्यको म्याद पुगेपछि खतिवडा फेरी प्रधानमन्त्रीले मन्त्री सरह सेवा सुविधा रहने गरि आफ्नो आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरे । उनी प्रधानमन्त्रीको सल्लाहकारको रुपमा कार्यरत रहँदा नै उनलाई अमेरीकी राजदुतको रुपमा नियुक्त गरिएको छ ।
सरकार स्थापनाको बेलामा अर्थमन्त्री भएका खतिवडाको सुरुमा हाइहाइ भएको भए पनि देशको अर्थतन्त्रमा भने खासै प्रगति हुन सकेन । दिन ,महिना र बर्षहरु बित्दै जाँदा उनको उचाई दिन दुईगुना बर्ष चार गुण घट्दै गयो । यस्तो अवस्थामा पनि किन प्रधानमन्त्रीले युवराज खतिवडालाई हरेक अबसरहरु प्रदान गर्ने गर्छन भन्ने प्रश्न नेकपाभित्र चर्को बहसको विषय बनेको छ । खतिवडाको राजदुतमा भएको नियुक्तिसँगै नेकपा बिबाद झन बल्झने जानकारहरु बताउँछन् ।
२०८२ भाद्र ७ गते शनिबार
खतिवडाकै खटनपटनमा सरकार
कमेन्टहरु