जबरजस्ती चन्दा असुलेको आरोपमा ने.क.पा विप्लव समूह अखिल क्रान्तिकारीका २ सदस्य पक्राउ

पोखरा । पोखराबाट जबरजस्ती चन्दा उठाउने २ जना पक्राउ परेका छन् । पोखरा ६ हल्लनचोकमा जबरजस्ती चन्दा उठाइरहेको अवस्थामा २७ वर्षीय रविन केही भनिने ध्वजबहादुर रावत तथा २२ वर्षीय रामकुमार डाँगी पक्राउ परेका हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका ७ मोतीडाँडा घर भइ काठमाडौं तारकेश्वर ७ मनमैजुमा बस्दै आएका रावत तथा रोल्पाको गंगादेवी गाउँपालिका २ घर भइ काठमाडौं १६ गोंगबु बस्ने डाँगीलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैदामको टोलीले विषेश सुचनाका आधारमा पक्राउ गरेको हो ।

रावत तथा डाँगी ने.क.पा विप्लव समूहका अखिल क्रान्तिकारी काठमाडौं जिल्ला कमिटी सदस्य रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको टोलीले उनीहरुको साथबाट चन्दा लिएबापत् नगद १ लाख सहित ४ थान मोबाइल सेट, चन्दा उठाउन प्रयोग गरिएको ने.क.पा (विप्लव समुह) केन्द्रीय समितिको नगदी रसिद १ थान लगायतका सामान बरामद गरेको छ ।

पक्राउ परेका रावत तथा डाँगी विरुद्ध चन्दा ऐन सम्बन्धी कसुर मुद्धा अन्तरगत दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...