लमजुङमा एकैदिनमा ३ जना बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

लमजुङ । एकै दिन ३ जना बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय २ जना र ९ वर्षीया १ बालिकालाई कोही नबस्ने १ घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिएका छन् । उनले भने, ‘गुरुङले गत ६ गते ३ जना बालिकालाई एकै ठाउँमा बोलाएर ललाई–फकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो ।’

सोभन्दा अघि पनि ती बालिकामाथि पटक–पटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ । पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।

११/११ र ९ वर्षको एउटै परिवारको रहेको प्रहरीले जनाएको छ । रासस

कमेन्टहरु
Loading...