सुरेन्द्रको ‘पानी छल्काले’ सार्वजनिक (भिडियो)

पोखरा । गितकार,गायक तथा मोडल सुरेन्द्र लामिछानेको नयाँ शैलीको गीत ‘पानी छल्काले’को भिडियो सार्वजनिक भएको छ ।

अहिले चर्चाको शिखरमा रहेकी गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आँफैले लेखेका हुन् ।

नायिका नम्रता सापकोटा ,सुरेन्द्र लामिछाने , प्रल्हाद सुवेदीको अभिनय रहेको छ ।

गीतमा प्रसाद लामिछानेको संगित , अजय रेग्मीको छायांकन , प्रविण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ ।

आफुले निर्देशन गरेका धेरै म्युजिक भिडियो भन्दा यो म्युजिक भिडियो अलि पृथक रहेको बताउँछन् निर्देशक केसी ।

विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सुरेन्द्र कोरोना भाइरसका कारणले आक्रान्त भईरहेका बेला श्रोता,दर्शकहरुमा केही खुशी मिलोस् भनेर गित तयार गरिएको बताउँछन् ।

उनी भन्छन् ‘कोरोनाका कारण आफ्नो मान्छेबाट टाढा रहेकाहरुले मन भुलाउन सकुन भन्ने आशय हो।’

[youtube https://www.youtube.com/watch?v=pZK5kb2aThw]

कमेन्टहरु
Loading...