राष्ट्रिय झण्डा जलाउने म्युजिक भिडियोको सर्वत्र विरोध , प्रहरीले थाल्यो अनुसन्धान

पोखरा , भदौं २ गते । युट्युबमा सार्वजजनिक भएको एक गितको भिडियोलाई लिएर सामाजिक सन्जाल तातेको छ ।

अगष्ट १७ तारिखमा मंगोल होप नाम युट्युब च्यानलबाट रिलिज भएको ‘देशद्रोही’ गितको भिडियोलाई लिएर सर्वत्र आलोचना भैरहेको छ ।

उक्त गितले जातिय द्धन्द फैलाउने उक्साएको मात्रै छैन भिडियोमा नेपालको राष्ट्रिय झण्डा समेत जलाइएको छ ।

भिडियो पछि सामाजिक सञ्जालमा तिब्र आलोचना भैरहेको छ ।

टुइटरमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लेख्छन् : ‘देशको झण्डा,नक्सा या अन्य कुनैपनी प्रतिक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकतै हुन्न । तत्काल खोजी गर्ने,गिरफ्तार गर्ने र कानुनमा ब्यवस्था भए बमोजिम कडा कार्वाही गर्ने ! नेपालको पहिचान र नेपालीको संवेदनशीलता उपरको प्रहार जोबाट होस् त्यो कहिल्यै क्षम्य हुन्न !’

यस्तै नायिका वेनिशा हमाल लेख्छिन् : ‘यही देशको माटोमा जन्म लिएर यही देश को माटो मा पाइला टेकेर यो देशको अपमान गर्ने कसैलाई पनि छुट छैन रास्ट्रको गौरब रास्ट्रिय झन्डा जलाउने लाइ कानुन को दायरा भित्र ल्याइ कारबाही गरियोस् र यो भिडियो लाइ यथासिग्र हटाइयोस ।’

भिडियोको सुरुवातमा मंगोल नेशनल अर्गनाइजेशन संस्थापक गोपाल गुरुङको भाषण राखिएको छ । जहाँ ब्राम्हण क्षेत्रीलाई लखेट्न पर्छ भन्ने शब्द प्रयोग गरिएको छ ।

उक्त भिडियो सार्वजनिक भएपछि मंगोल समुदायले नै तिब्र विरोध जनाएका छन् । गितको भिडियोमा कमेन्ट गर्ने अधिकांश मंगोल समुदायका व्यक्तिहरुले कारबाहीको माग समेत गरेका छन् ।

र्याइप जनरामा गाइएको गित लिरिक्स र्यारपरको रुपमा यापरका मंगोल ग्याल्ज ली एन्ड एटीएम रहेको छ ।

महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार भिडियो छायांकन गरिएको स्थान मकवानपुर जिल्ला रहेकाले सोही जिल्ला प्रहरी कार्यलयलाई पनि  अनुसन्धानको जिम्मेवारी दिइएको छ ।

समाचार तयार पर्दा सम्म   भिडियोलाई ५८ हजार भन्दा बढीले डिस्लाइक गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान गरेमा ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने कानुनी प्रावधान छ ।

कमेन्टहरु
Loading...