नक्कली फेसबुक आईडी बनाएर ठगी गर्ने पोखराका हमाल पक्राउ

फेक फेसबुक आइडी बनाई अनेक बहानामा विभिन्‍न व्यक्तिहरुको आफन्त र नजिकका व्यक्तिलाई म्यासेज पठाई रकम असुल गर्ने पोखरा नदिपुर बस्ने रोशन हमाल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको एक बैंकमा कार्यरत कर्मचारीलाई ठगी गर्ने नियत राखी सोहि बैंकमा कार्यरत वरिष्ठ अधिकारीको नामको नक्कली (फेक) फेसबुक आईडी बनाएर विश्वासमा पारी आफुलाई अति आवश्यक परेको भन्दै नगद रू एक लाख रकम ठगी गरेको आरोपमा प्रहरीले ठकुरीलाई पक्राउ गरेको हो ।

ठकुरी बिरुद्ध प्रहरीले ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा दिन – ७ (सात) म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

ठकुरी यसअघि पनि विद्युतीय कारोबार ऐन,२०६३ विपरितको कसुरमा नौ महिना थुनामा रहेको साथै जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सार्वजनिक अपराध मुद्दामा पाँच हजार धरौटीमा छुटेका थिए ।

कमेन्टहरु
Loading...