गण्डकी प्रदेशकी मन्त्रीले भनिन् – ‘कोरना संक्रमित ज्वाई हुन् र ?’

विष्णु गौतम
“यस्ता खालका नेताले देश चलाएपछि कसरी कोरना नियन्त्रण गर्न सकिन्छ त” हातमा भएको स्मार्ट फोन चलाउँदै पोखरा महानगरपालिकाका सचेतक तथा वडा नं १९ का अध्यक्ष शोभामोहन पौडेलले फतफताउँदै थिए । उनले लगातार ११ वटा फोनको रेस्पोन्स नभएपछिको आफैँसँग पोखेको आक्रोश थियो । उनले मलाई देख्ने वित्तिकै भने “तपाईलाई कस्ले भित्र छिर्न दिया ?े” वडाको गेटमा रहेका सहयोगी विमल गिरीलाई झपार्ने शव्दमा भने । मैले भने तपाँईलाई नै भेटे्ने भन्दै म आँफै छिरेको हो । मेरो प्रतिक्रिया सुन्ने वित्तिकै भने “ल वस्नुस् अनि भन्नुस् ।”

मैले म कोरनाको पारिवारिक विमा गर्न लागेको र त्यसको लागि जिल्ला वाहिर नगएको भन्ने प्रमाणीत सिफारिस भयो भने आधा शुल्क अनुदान हुन्छ रे त्यसैले म कतै गएको छैन मलाई सिफारिस दिनु प¥यो । मेरो कुरा सुन्ने वित्तिकै आडैमा रहेका अर्का कर्मचारीले भने कोरनाको विमा हुन्छ र ? ती कर्मचारीको कुरा काट्दै वडा अध्यक्षले भने–“हो र त्यस्तो व्यवस्था पनि छ र ? त्यसो भए ठिकै छ तर तपार्इं जिल्ला वाहिर नगएको मैले कसरी प्रमाणित गर्न सक्छु त ? मैले भने त्यसको लागि तपाँइको संयन्त्रवाट वुझ्नुस् ।’

तत्कालै हातमा भएको मोवाईलमा फोन डायल गर्दै आडैमा भएकमा कर्मचारीलाई भने ‘ल उहाँको काम वुझेर तत्कालै गरिदिनुस् त ?’ वाहिर वस्ने ठाउँ रहेनछ यहि वस्दा तपार्इंलाई समस्या त हुँदैन नि ? उनकै कोठामा वसेर थप कुरा वुझ्ने जिज्ञासामा भने उनले सहर्ष स्विकारे र भने वस्नुस् । त्यस पछि सुरु भयो कुरोको चुरो ।

महानगरको वडा नं १९ पछिल्लो समयमा कोरानाको रेड जोन हो । जहाँ कुनै पनि ट्राभल हिष्ट्रि नभएका ११ जनामा कोरना संक्रमण भयो, एक जनाको तीन दिन पहिला मृत्यू नै भयो । वडा प्रमुख भएका कारण कोरनाको संक्रमणको प्रभाव उनिमाथी सोझिनु जायजै हो । उनि वडाको अभिभावक पनि उनले भने ‘आज विहानवाट चार सय भन्दा वढी फोन आए होलान् फोन रिसिभ गर्दा गर्दै कान नै दुख्यो ।’

कोरनाको संक्रमण वढेपछि वडालाई सिल गर्ने अनुमती मागे पनि महानगर र प्रशासनले त्यो अनुमती दिएन तर पनि दैनिक दुई तिन वटा विज्ञप्ती निकाल्ने र सडकमा आँफै निस्किएर अनावश्यक काममा घर वाहिर ननिस्कन उर्दी जारी गरेको कुरा सुनाए । कुराकानीकै क्रममा हिजो मात्रै ४ जनालाई कोरना पोेटिभ देखिएर प्रदेश सरकार अन्र्तगतको अस्पतालमा आइसोलेसनमा राखेको छ । तर आज विहान सम्म उनीहरुले खान नपाएको कुराले उनलाई निकै दुखी वनाएको रहेछ । उनले भने–‘हामी होम आइसोलेसनमा राख्छौं भन्दा समुदाय र प्रशासन मानेन तर लगेपछि खान त दिनु प¥यो नी ?’

अव खोल्न थाले वडा अध्यक्षले एक घण्टाको अवधिमा तीन दिनभरीको गुनासो गर्दै भने‘ हिजो आईसोलेसनमा लगेकी एक महिला ८३ वर्षकी हुनुहुन्छ उहाँलाई अरुको जस्तो खानपीनले हँुदैन आज विहान म जाँदा उहाँले रुदै भन्नु भो हिजोवाट केहि खान पाएकी छैन लौन वावु तातो पानी भए पनि ल्याईदेउ ?’ उनको यो वाक्यले मलाई दुई तिहाईको रवैया निकै गहिरो गरि विझ्यो, नेकपाकै वडा अध्यक्षलाई पनि राम्ररी विझेछ ।

तत्कालै सामाजिक विकास मन्त्री नरदेवी पुनलाई अस्पतालको समस्या भन्न फोन गरेछन् तर उल्टै मन्त्री पुनको थर्काईले उनलाई निकै निरास वनाएछ । उनले भने ‘ मैले अस्पतालको समस्या र व्यवस्थाको वारेमा जानकारी गराएपछि उहाँले उल्टै मलाई थर्काउनु भो । तातोपानीको व्यवस्था छ अरु के गर्न सकिन्छ र कोरना संक्रमित ज्वाई हुन् र उनिहरुले भनेजस्तो हुन्छ ?’ मन्त्री पुनको भनाई सुनेपछि उनि नाजवाफ भएर फर्के रे । त्यसपछि वडा कार्यालय आएर मुख्य मन्त्री, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु, महानगरका मेयर, मुख्य मन्त्रीका पिए, महानगरका स्वास्थ्य विभाग प्रमुख स्थानिय नेता तलायत आफ्नो पहुँचामा भएका सवैलाई फोन हान्दा पनि नउठाए पछिको आवेग म माथी परेको रहेछ ।

त्यस पछि माफि माग्दै उनले भने‘हेर्नु न यस्तो तनाव छ कसैले फोनको रेस्पोन्स गर्दैनन् कम्तिमा रेस्पोन्स गरेत समस्याको समाधान हुन्थ्यो होला नी ?’ कुराकानीकै क्रममा उनले अनुमती माग्दै भने म पुन मन्त्रीलाई फोन हान्छु है त , फोन गरे उठेन । पुनः मुख्य मन्त्रीलाई निजि नम्बरमा फोन गरे फोन काटियो । त्यस पछि मेयरलाई हाने उनको अफ ।

लामो सुस्केरा हाल्दै भने –“अव महानगरको स्वास्थ्य विभाग प्रमुख हेमन्तलाई फोन गर्छु उठेन भने मेरो वडाका सवै कोरना संक्रमितलाई फिर्ता ल्याउँछु र होम आईसोलेसनमा राख्छु मेरै अनुगमनमा । कम्तीमा खान नपाएर त नमर्लान् । कुरा हुदै गर्दा हेमन्तको फोन उठ्यो वडा अध्यक्षले एक सासमा भने– ‘हेमन्त सर मेरो वडाका सवै कोरना संक्रमितलाई एम्वुलेन्समा हालेर पठाईदिनुस् म होम आइसोलेसनमा राख्छु ।’

कुरा गर्दै गए पोषिलो खानेकुरा त परै जाओस् सामान्य खानेकुराको पनि अभावमा म मेरा जनतालाई राख्न सक्दिन । कोरनाको उपचार भनेको के हो र ? सामान्य वोली, तातोपानी ज्वरो आउला जस्तो भए सिटामोल त्यति पनि व्यवस्था गर्न नसक्ने प्रदेश सरकारको आईसोलेसन चाहिँदैन मलाई । प्लिज सर जसरी पनि मेरा जनता एम्वुलेन्समा फिर्ता गरिदिुनु् । सायद उतावाट म वुझेर फोन गर्छु भन्ने खालको आश्वासन आएछ क्यारे यता वडा अध्यक्षले हस् सर तपाँईको फोनको प्रतिक्षामा छु भन्दै फोन राखे ।

फोन राखेपछि ठुलै युद्ध जितेको जस्तै रवाफमा भने विहानवाट रेस्पोन्स भएको यहि एउटा फोन हो । कसरी काम गर्न सकिन्छ र यो पारामा आफ्नो माथीको नेतृत्वलाई गुनासो गर्दै भने । तातो पानी नै हो रातो चिया खाउँ है भन्दै अनुरोध गरे । चिया खादाँ खाँदै मेरो काम पनि वन्यो । मेरो परिवारका ११ जनाको कोरना इन्स्योरेन्सका लागि जिल्ला नछोडेको सिफारिक्ष्समा उनै वडा अध्यक्ष शोभा मोहन पौडेलको सहि गरे अनि म जान्छु भन्ने आसयमा उठे । उठ्दा उठ्दै उनलाई सोधे तपाईले भनेको कुरालाई जस्ताको तस्तै अनलाईनमा लेखाँै ? उनले हुन्छ भन्ने अनुमती दिए ।

उनि मात्रै होईन अहिले प्रत्येक वडाका जनप्रतिनिधीहरुको यहि गुनासो छ । माथिल्लो निकायले काम गर्न सहयोग गरेन । प्रदेश सरकार जनताको कुरा सुन्न भन्दा पनि आफ्नो पद र लाभका लागि केन्द्रित छ । त्यसैले मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ् पनि केपी सरकार टिकाउन र आफ्नो पद टिकाउन दैनिक जसो केन्द्रमा जान्छन् तर जनगुनासो समाधानमा सुन्य ।

कोरनाको औषधि हाछ्यिू गर्नुस् अनि वेसार पानी खानुस् भनेर विज्ञता प्रकट गरिरहेका प्रधानमन्त्री केपी शर्मा वलीले जसरी आफ्नो पदका लागि जनताको स्वास्थ्यमा खेलवाड गरेका छन् के उनिलाई कोराना लाग्यो भने उनै ८३ वर्षे आमाले जस्तै खानै नपाउने आईसोलेसनमा वस्लान् त ? अनि सामाजिक विकास मन्त्री नरदेवी पुनलाई कोराना लाग्यो भने नी ?

त्यसैले आज भन्न मन लागेको छ यो सरकार दुई तिहाई र जनताको सरकार होईन यो त नालायकहरुको सरकार हो । वरु वाटोमा डुल्ने कुकुरले तपाईले खान दिएको कलोको भलो गर्छ तर यीनिहरुले भोटको कदर गर्दैनन् । अन्यथा नलागोस्, आफु मरे डुमै राजा आफ्नो सुरक्षा आफै गुर्नहोस् ।

कमेन्टहरु
Loading...