१ किलाे बढी गाँजासहित पोखराबाट २ जना पक्राउ

पोखराः पोखराबाट ठूलो मात्रामा गाँजा सहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोलीले पोखरा महानगरपालिका १० शिवमार्गबाट २ जनालाई १ किलो २ सय ग्राम लागूऔषध सहित पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका ४ बांगेश्वारा घर भइ हाल पोखरा १० शिवमार्ग बस्दै आएका २० वर्षीय जितबहादुर विक र धादिङ सिद्धलेक गाउँपालिका ६ कुम्पुर घर भइ शिवमार्ग बस्ने २३ वर्षीय रोहित घले रहेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताएका छन् ।

तस्बिर : वडा प्रहरी कार्यालय रामबजार

पोखरा १० स्थित शिवमार्गमा लागुऔषधका अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक थापाले बताए ।

कमेन्टहरु
Loading...