नायक अनमोल केसीले कोरोना संक्रमणको आशंका गर्दै पीसीआर टेष्ट गराएका छन् ।
केही दिनअघि एउटा स्कुटरको विज्ञापन छायाँकन गरेका अनमोल संक्रमितको ट्रेसिङ्गमा परेका छन् ।
उक्त विज्ञापनको युनिटमा रहेका एक सदस्यलाई कोभिड–१९ पोजेटिभ देखिएपछि उनले पनि आफूलाई संक्रमणको आशंका गरेका हुन् ।
यूनिटकै परीक्षण गर्ने क्रममा अनमोलको पनि परीक्षण गरिएको हो ।
परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ ।