कोरोना कहरबाट बच्न जारी लकडाउनको चार महिनापछि आजबाट देशैभरका होटल र रेष्टुरेन्टहरु खुल्ने भएका छन् । आजदेखि खुलेका छन । कोरोना भाइरसको महामारीको जोखिम न्युनिकरण गर्न सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेपछि बन्द रहेका होटलहरु सरकारले आजबाट सञ्चालनको अनुमति दिएको हो ।
अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गर्नुका साथै रेस्टुरेन्ट सेवा पनि सुचारु गरेको होटल संघ नेपालले जनाएको छ । खुला हुने होटलहरुमा स्वास्थ्य सम्बन्धि आवश्यक सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ ।
पाहुना नआएपनि सकारात्मक सन्देश जाने भएकाले अधिकांश व्यवसायीले आजबाट सेवा सुचारु गर्ने व्यवसायीहरुले बताएका छन । देशभरका पर्यटकीय क्षेत्रका अधिकांश होटलले पनि आजवाट सेवा सुचारु गर्दैछन् ।
लकडाउन हटाएको भएपनि हवाई तथा लामो दूरीको यातायात र सभा–सम्मेलनसहितका ठूला जमघटमा प्रतिबन्ध जारी रहेकाले ग्राहक होटलमा त्यति जाने सम्भावना रहेको छैन । साना र मझौला होटल खुलेपनि ठुला होटल खुल्ने भने निश्चित छैन ।