अर्जुन बाँस्तोलाको “कर्म फुट्यो” गीत सार्वजनिक

पोखरा, १९ असार / मेरो नेपालको प्रस्तुतिमा रहेको “कर्म फुट्यो” सार्वजनिक भएको छ ।

गीतको शब्द अर्जुन बाँस्तोलाको रहेको छ भने लय तथा स्वर सृजना समिर रामदामको रहेको छ ।

युटुबमा सार्वजनिक गीतको भिडियोमा शेषकान्त भट्टराई, आशा विश्वकर्मा, बिनोद पहारी, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गीतमा दिबस थापा मगरले संगीत संयोजन गरेका छन् भने निर्देशन बिनोद पहारीको रहेको छ । गीतमा चरम गरिबीका कारण जीवन धान्न कठिन भएको परीवारलाई जोडिएको छ । अर्जुन बाँस्तोलाको यो पहिलो गीत हो ।

बास्तोलाले आफ्नो पहिलो प्यास भएको बताए । उनले आगामी दिनमा अझै उत्कृष्ट सृजना लिएर आउने बताए ।

कमेन्टहरु
Loading...