गोरखामा कोरोना संक्रमितलाई गाउँ परिक्रमा

गोरखा, २९ जेठ / कोरोना पोजेटिभ देखिएकादुई जनालाई गोरखामा गाउँघर परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्यकार्यालय गोरखाका प्रमुखले नतिजा नेगेटिभ आएको बताएपछि गाउँपालिकाले १४ दिनक्वारेन्टाइनमा बसेका नागरिकहरुलाई घर मंगलबार घर पठाएको थियो ।

घर पुगेपछि उनीहरुलाई भेट्न गाउँलेहरु उनको घर पुगे, उनीहरु आफन्त साथीभाई भेट्न भन्दै गाउँ डुल्दै हिँडे । मंगलबार नेगेटिभ देखिएको नतिजा बुधबार पत्रकार सम्मेलनमा पोजेटिभ देखिएपछि गाउँलेहरु ससंकित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखा नेपाल सरकार मातहतकै कार्यालय भए पनि यस कार्यालय प्रमुख विद्या तामाङले आफूखुशी गर्दा रोग गाउँगाउँ पुग्न थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । कोरोना भाइरस संक्रमितहरुले गाउँ परिभ्रमण गरेपछि भीमसेन थापागाउँपालिका वडा नंं १ र ५ का नागरिकहरुमा आफूहरु पनि संक्रमितहुन सक्ने भन्दै चिन्तित भएका छन् ।

संक्रामक रोगसँग सम्बन्धित गोरखाका सरोकारवाला निकायहरु बजेट व्यवस्थापनका लागि एकजुट हुनेगरे पनि रोग नियन्त्रणका लागि जिम्मेवार बन्नभने सकेका छैनन् । जिल्लामा यस अघि १० जना आइसोलेसनमा रही उपचार गराईरहेका छन् । थप संक्रमित चार जनामध्ये गाउँ घुम्ने २ जनालाई पनि गोरखा अस्पताल ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

कमेन्टहरु
Loading...