पोखरा, २९ चैत/जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ । महाशाखाले प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो ।
मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
प्रदेश ५, गण्डकी प्रदेश, लगायत वाग्मती प्रदेश तथा प्रदेश १ को पहाडी भू भागमा मेघ गर्जन र चट्याङ तथा हुरी वतास सहित वर्षा गराउने बादल विकशित भईरहेको देखिएको हुनाले सतर्कता महाशाखाले जनाएको छ ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल देशको पश्चिमी पहाडी भू-भागमा सामान्य बदली भई थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षा भइरहेको छ |
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र २८ गते (शुक्रबार)
रातीः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
चैत्र २९ गते (शनिबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
चैत्र ३० गते (आईतबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।पूर्वी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।