मध्यावधी चुनाव आँकलन मात्रै होः बादल

पोखरा, १७ फागुन / गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलले पार्टीभित्रको विवाद सामान्य भएको बताएका छन् । उनले बाहिर प्रचार भएजस्तो कुनै समस्या नरहेको दावी गरे । ‘एउटा सीट अहिले पनि खाली छ ।

सचिवालय सदस्य बामदेव गौतमलाई पठाउने निर्णय पार्टीले गरेको छ,’ उनले भने, ‘पठाउने सन्दर्भमा प्रक्रियागत कानुनी बिषयमा मन्त्रीपरिषद्ले सिफारिस गर्ने हो । पार्टीले टुंग्याएको छ । मन्त्रीपरिषद््ले राष्ट्रपतिलाई सिफारिस गर्छ । यो विवाद भन्दा पनि विवादास्पद बनाईएको हो ।’

थापाले अहिले नै मध्यावधी चुनाव सम्भव नभएको समेत स्पष्ट पारे । पार्टीको विवादका कारण मध्यावधी चुनाव हुन सक्ने आँकलन राजनीतिक विश्लेषकहरुले गरिरहेको अवस्थामा त्यो सम्भावना अहिले नरहेको उनको भनाई छ । मध्यावधी निर्वाचनको आँकलन गरिएको छ । ‘कतिपय राजनीतिक विष्लेशकले यो अनुमान गरेका छन् । पार्टीको विवाद बढेर सदन विघटन हुने र मध्यावधिमा जान सक्ने कुरा अनुमान मात्रै हो । त्यसो हुँदैन,’ उनले भने ।

पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले केही दिनभित्रै नेपालको मानचित्र समेटिएको नक्सा सार्वजनिक गरिने दावी गरे । सीमा विवाद अन्त्यका लागि भारतीय पक्ष पनि सकारात्मक भएको भन्दै उनले छिटै टुंगिने सुनाए । ‘भारतीय पक्षबाट पनि सकारात्मक रुपमा लिएका छन् । अनौपचारिक रुपमा प्रक्रिया चलेका छन् । आन्तरिक तयारी पूरा लगभग पूरा भएको छ,’ उनले भने,‘छिटै नै कालापानी क्षेत्र समेत समेटेर नक्सा जारी हुन्छ ।’

थापाले सरकार विकासमा केन्द्रित भएको बताए । ‘अहिले सदन चलिरहेको छ । बीचमा सभामुख चयनको प्रक्रियामा विवाद भएको कारण १ महिना अलि अवरुद्ध भयो । अहिले बाधा छैन । सभामुख चयन भैसकेको छ । थुप्रै विधेयकहरु प्रक्रियामा छन्,’ उनी भन्छन्, ‘संघीयता कार्यान्वयन सम्बन्धि विधेयकहरु तयार छन् । यसलाई सदनले पूर्णता दिन्छ ।

यो बर्षलाई हामीले विकासको प्रारम्भ बर्ष भनेका छौं । त्यसै अनुसार अघि बढ्छ ।’ समसामयिक बिषयमा पार्टीभित्र बहस हुनु सामान्य भएको उनको तर्क छ । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा शुरक्षा निकायका प्रमुखहरुको समभागीता रहेको छ ।

कमेन्टहरु
Loading...