तमु सञ्चारकर्मी संघ कास्कीको वार्षिकोत्सव ल्वाङ गाँउमा

पोखरा, १ माघ / तमु सञ्चारकर्मी संघ नेपाल, कास्कीले पाँचौ वार्षिकोत्सव मंगलबार मनाएको छ । कास्कीको माछापुच्छ«े गाँउपालिका ८ ल्वाङ गाँउमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव भब्यताको साथ मनाएको हो ।

होमस्टेको प्रर्वद्धन गर्ने उद्देश्यको साथको ल्वाङ गाँउमा सञ्चालित ल्वाङ सामुदायिक होमस्टेमा पुगेर वार्षिकोत्सव कार्यक्रम गरेको संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङले बताईन् । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद मिना गुरुङले तमु सञ्चारकर्मी संघको उत्तोरतर प्रगतीको कामना सहि गर्दै होमस्टेको बिकाशका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताईन् ।

गाँउ गाँउमा होमस्टे स्थापना हुदा गाँउको बिकाश हुनुका साथै स्थानियले रोजगारीको अवसर पनि प्राप्त गर्ने बताईन । गण्डकी प्रदेश सरकार पनि होमस्टेको प्रर्वद्धन गर्न लागिपरेको हँुदा प्रदेशबाट पाउने सेवा सुविधा कार्यसमिती चनाखो हुनुपर्ने उनको धारणा थियो । प्रत्येक गाँउमा होमस्टे स्थापना हुने हो भने सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सफल पार्न सहयोग पुग्ने उनले बताईन् ।
कार्यक्रममा होमस्टेकी पूर्व अध्यक्ष हिम कुमारी गुरुङले होमस्टेको बारेमा जानकारी दिदै तमु सञ्चारकर्मीहरुलाई स्वागत गर्न पाउदा निकै खुसी लागेको बताईन् ।

२०६७ सालमा ७ घरबाट सुरु भएको होमस्टे अहिले १२ घरमा फैलिएको उनको भनाई थियो । सुरुको चार बर्ष चल्न गाह्रो भएपनि पछिल्लो समय पाहुनाको संख्या बढको जानकारी दिदै सिजनमा एकैदिनमा १७ सय सम्म पाहुना आएका जानकारी दिईन् । होमस्टेमा केही समस्या बिद्यमान रहको पनि उनको धारणा रहेको थियो । ल्वाङ गाँउ सम्म पुग्न ट्रयाक खुलेपनि कच्ची हुदाँ समस्यको भएको उनले बताईन् । पाहुनाले बजारबाटै सामान लिएर जाँदा पनि स्थानिय उत्पादनले स्थान नपाएको उनको गुनासो थियो । ल्वाङ गाँउलाई चिया बगानले पनि प्रर्वद्धनमा सहयोग पुगेको उनको धारणा थियो ।

वार्षिकोत्सव कार्यक्रममा संघका संस्थापक अध्यक्ष हुमबहादुर गुरुङले तमु सञ्चारकर्मी संघ कास्कीको पाँचौ बार्षिकोत्सवमा शुभकामना दिदै पछिल्लो समय तमु सञ्चारकर्मी उत्पादन हुन नसकेको गुनासो गरे । पछिल्लो समय तमुहरुमा सञ्चार क्षेत्रको बारेमा महत्व बुझाउन नसकिएकोमा यसमा संघले नयाँ नयाँ कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । उनले तमु सञ्चारकर्मी कम भएमा गुरुङ गाँउहरुको प्रर्वद्धनमा पनि कमी आउने धारणा राखे ।

कार्यक्रममा संघकी केन्द्रिय सचिव रोशनी गुरुङ, संघकी कानुनी सल्लाहकार जुना कुमारी गुरुङ लगाएतले शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक सम्राट गुरुङले दिएका थिए । संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज गुरुङले गरेक थिए ।

कमेन्टहरु
Loading...