पोखरा, १५ मंसिर / कास्की २ मा भएको प्रतिनिसभा सदस्य चुनावमा नेकपाले फराकीलो अन्तर कायम गरेकी छन् । ५ वटा वडाको मतगणना सकिँदा करिब ७ हजार ७ सय ४५ मतले विद्या भट्टराई अगाडी छन् ।
भट्टराईले १५ हजार ५ सय ४१ मत पाएकी छिन् भने काँग्रेसका खेमराज पौडेलले ७ हजार ७ सय ९६ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म वडा नम्बर १६, १७, २०, २१ र ३३ को मतगणना सकिएको छ । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडाहरु पर्दछन् । शनिबार भएको मतदानमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् ।
कास्की उपनिर्वाचन
नेकपा विद्या भट्टराई १५५४१
नेपाली काग्रेस खेमराज पौडेल ७७९६
मत अन्तरः ७७४५