पोखरा, २८ असोज / पोखराका विभिन्न ठाउँबाट प्रहरीले ७ लाख २७ हजार सहित जुवा खेल्ने ३२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका वडा नं २ अधिकारी टोल स्थित राज बहादुर गुरुङंको घरबाट ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको अबस्थामा ३ बुक तास र जुवातास खेल्ने खेलाउने समेत राज बहादुर गुरुङ सहित ४ जना व्यक्तिहरुलाई २९ हजार ९ सय २० सहित पक्राउ गरेको हो ।
त्यसै गरि पोखरा महानगरपालिका वडा नम्बर १३ काँहुखोला वुडुवा मार्गस्थित बिष्णुमाया गुरुङको घरबाट ७ जना पक्राउ गरेको छ । प्रहरी टोलीले ३ बुक तास र जुवातास खेल्ने खेलाउने समेत बिष्णु माया गुरुङ सहित ७ जना व्यक्तिहरुलाई नगद ४९ हजार ४ सय ६० रुपैया सहित पक्राउ गरेको हो ।
त्यसै गरि पोखरा महानगरपालिका वडा नम्बर २ भैरवटोल भुपीमार्ग स्थित अशोक माईतिको डेरा कोठामा जुवातास खेली रहेका ६ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले ३ बुक तास र जुवातास खेल्ने खेलाउने अशोक माईति सहित ६ जनालाई ३७ हजार ३ सय ४० रुपैया सहित पक्राउ गरेको छ ।
प्रहरीले नै पोखरामा कौडा खेल्दै गरेका १५ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १८ चालिसे डाँडाको एक रेष्टुरेन्टमा कौडा खेलि रहेको भन्ने गोप्य सूचनाको आधारमा कास्की प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक नरहरी अधिकारीको कमाण्डमा गएको टोलीले कौडा खेलिरहेकै अवस्थामा ३२ थान कौडा, नगद ६ लाख १० हजार सहित १५ जनालाई पक्राउ गरेको हो ।