पोखरामा क्रिश्चियन धर्म प्रचार गर्दै हिड्ने पक्राउ

पोखरा, ७ साउन / क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका एकजनालाई पोखराको लेकसाईडबाट प्रहरीले पक्राउ गरिएको छ ।

घरघरमा पुगेर धर्मको बारेमा प्रचार गर्दै हिडिरहेको अवस्थामा कोरियन नागरिक ७२ बर्षका युसुङ चो पक्राउ परेका हुन् ।

उनी विगत ४ बर्षदेखि नेपालमै बस्दै आएका प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

कञ्चनपुर, कोहलपुर हुँदै उनी पछिल्लो दुई महिनादेखि पोखराको सिमलचौर चर्चमा बस्दै आएका प्रहरीले जनाएको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...