निर्माणाधिन घरबाट खसेर २ जना घाइते

पोखरा, १७ असार /तनहुँको आँबुखैरेनि गाउँपालिका ३ बिच बजार स्थित नबिन रानाको निर्माणधिन ५ तले घरबाट खसेर २ जना घाइते भएका छन् ।

अगाडिको टप प्लास्टर गर्ने क्रम्मा खट फुस्केर लड्दा गोरखाको शहिद लखन गाउँपालिका ३ बस्ने ४६ बर्षिय श्याम बहादुर गुरुङ र ३० बर्षिय गोरे भन्ने शिवहरी बस्याल घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल चितवन लगिएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा तत्कलै प्रहरी टोली खटिई थप अनुसन्धान गरी रहेको जनाएको छ ।

कमेन्टहरु
Loading...