भारतले नेपाललाई १ अर्ब ६० करोड सहयोग

पोखरा, २८ जेठ/भारतले नेपाल सरकारलाई १ अर्ब ६० करोड सहयोग गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम मन्जीव सिंह पुरीले अर्थसचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरे ।

भारत सरकारले आवास पुनर्निमाणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीहरुलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि रकम उपलब्ध गराएको हो । हाल सम्म भारतले नेपाललाई ४ अर्ब ५० करोड प्रदान गरिसकेको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीहरुले घर पुनर्निमाण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीहरुलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको छ ।

साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

कमेन्टहरु
Loading...