पोखरा, ३ कार्तिक/ पोखरामा पर्यटकीय सिजन शुरु भईसकेको छ । पर्यटकीय क्षेत्रमा पर्यटकको लर्को, आकाशमा प्याराग्लाइडिङ, नदीमा
जलयात्रा गर्नेको भीड पनि बढ्दै गएको छ । जलयात्राको लागि पोखरा अर्को गन्तव्य बन्दै आएको छ । उपल्लो सेतीमा एक दिने जलयात्रा
गर्ने गरिन्छ । जलयात्रा गरिने नदी मध्येमा उपल्लो सेती भने बढी रिस्की हुने मानिन्छ ।
‘जलयात्राको सिजन शुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन उत्साहजनक नै छ ।’ लामो समयदेखि जलयात्रा गराउँदै आएका ¥यापिडरनर एक्सपिडिसन प्रालिका प्रवन्ध निर्देशक विरेन लामाले भने–‘दैनिक १५ देखि २० जति टोली सेती र कालीगण्डकीमा जाने गर्छ ।’ सेती र काली गण्डकीमा यतिबेला ¥याफटिङ –जलयात्रा) बढी जाने गर्छन् ।
सेती नदीमा जलयात्रा(¥याफ्टिङ) शुरुवात मात्र डेढ दशक वितेको छ । जलयात्राको लागि सेप्टम्बरदेखि नोभेम्बरसम्म निकै उपयुक्त मानिन्छ । जलयात्रा एडभेन्चर गेमको मुख्य आकर्षक हो । सेती नदीमा साहसिक जलयात्रा एवं जलयात्रकाको प्रवद्र्धन गर्न प्रतियोगिता समेत आयोजना गरिदैं आएको छ ।
सेतीमा केवल दुईदेखि तीनघण्टाको अवधिसम्म जलयात्रा गर्न सकिन्छ । मर्दीको दोविल्लाबाट शुरुभई सिम्पानीस्थित नदीको बाँधसम्म करिव १२ किलोमिटर जलयात्रा गर्न उपयुक्त हुने विज्ञहरु बताउँछन् । एउटा डुंगामा सामान्यत ६ जना अटाउँछन् । ठुलो डुंगामा १२ देखि १६ जनासम्म समेत अटाउँछ । उपल्लो सेतीमा जलयात्राको अति नै जोखिम नदीको रुपमा लिइने गरिन्छ ।
सारै नै खोंचमा बहने, त्यसमा पनि पटकैपिच्छे ठुला चट्टानहरु भेटिने हुनाले जोखिमसहित पुर्ण सन्तुष्टि मिल्ने अनुभवीहरुको भनाई छ । उपल्लो सेती बढी रक्की, रिस्की र रफ छ ।’ जलयात्रा गर्दा जति बढी रिस्कीहुन्छ उति नै मजा हुन्छ । उपल्लो सेतीमा केवल एक महिनामात्र जलयात्रा उपयुक्त हुने गर्छ । सिस्ने रोभर ट्रेकिङ एजेन्सीका कार्यकारी अध्यक्ष डम्बरबहादुर केसीले बताउँछन् ।
जलयात्रा सम्भावित नदीहरु
नेपालका तमोर,अरुण, तामाकोशी, सुनकोशी, त्रिशुली, मस्र्याङ्दी, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, भेरी, पुर्वको बलेसी खोला, सेती र उपल्लो सेती नदीमा जलयात्रा हुदैं आएको छ । नदीहरुलाई पानीको बहावको आधारमा त्रिशुली, उपल्लोसेती, सेती, बलेसी खोला, बुढी गण्डकीलाई ३, कर्णाली, भेरी, तमोर, काली गण्डकी, सुनकोशीलाई ४ र अरुण, मस्र्याङदी, दुधकोशी, भोटेकोशी र तामाकोशीलाई ५ ग्रेडिङ गरिएको छ ।
सगरमाथा आरोहण गर्ने पहिलो विदेशी सर एडमण्ड हिलारीले सन १९६९ अप्रिलमा नेपालमा जलयात्राको प्रारम्भ गरेका हुन् । उनले शुरुमा सवैभन्दा बढी जोखिम रहेको सुनकोशी नदीमा गरेका थिए । सन १९६९मा पहिलो पटक हिलारी सफल जलयात्रा गरेपछि विस्तारै नेपालीहरु माझ लोकप्रिय बन्न पुग्यो । सन १९९१ मा पोखरामा रेजिङ रिभर रनर्स कम्पनीको स्थापनापछि जलयात्राको प्रारम्भ भएको हो ।