काठमाडौं जादै गर्दा जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु

एजेन्सी सहयोगमा / पृथ्वी राजमार्गमा जाममा परेर एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । मंगलबार रातिदेखिको जाममा

फसेको एम्बुलेन्समा चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवनकी एक महिलाको मृत्यु भएको हो ।

एम्बुलेन्स भित्रै सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो । नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका

क्रममा भएको जाममा एम्बुलेन्स परे पछि उनेको मृत्यु भयो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा चौधरीको ज्यान गएको

मृतकका आफन्तले बताएका छन् ।

चौधरी बोकेको एम्बुलेन्स टायलघरमा चार घण्टा जाममा परेका थियो । मृतक चौधरीका आफन्तले सडकमा अत्यावश्यक एम्बुलेन्स

लगायतलाई पनि बाटो खुलाउन नसक्ने प्रशासनको घोर आलोचना गरेका छन् । तर बाटोका कारण बिरामी र एम्बुलेन्सलाई नरोकेको

जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले तीन घण्टामा पार हुने बाटोे १२ घण्टा बन्दा बढि जाम हुँदा अन्य यात्रु पनि

मारमा परेका छन् ।

कमेन्टहरु
Loading...