पोखराबाट पिपल्स् एक्सन पार्टीका घोषणा, मृत्युदण्डको सुरुवात गर्ने

पोखरा, १६ असोज / नयाँ राजनैतिक दल पिपल्स् एक्सन पार्टीले नेपालमा मृत्यु दण्डको व्यवस्था सुरु गर्ने बताएको छ । ‘शान्ति, सुरक्षा र

समृद्धि हाम्रो दर्शन हो’ भन्ने नारा बोकेर सोमबार पोखराको पाँचतारे होटल पोखरा ग्राण्डमा घोषणा गरिएको उक्त पार्टीले मृत्युदण्ड

सुरुवातगर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

पिपल्स् एक्सन पार्टी, नेपालका अध्यक्ष बलराम थापामगरले ३१ बुँदे घोषणपत्र वाचन गर्दै नेपालमा नयाँ व्यवस्थाको सुरुवातगर्न पार्टी घोषणा

पिपल्स् एक्सन पार्टी, नेपालका अध्यक्ष बलराम थापामगर
पिपल्स् एक्सन पार्टी, नेपालका अध्यक्ष बलराम थापामगर

गरिएको दाबी गरे । उनले आफ्नो पार्टी सत्तामा गएपछि लागु गर्ने विभिन्न कार्यक्रमहरु बुँदागत रुपमा पढेर सुनाएका थिए । पिएपी नेपालको

घोषणा पत्रमा निःशुल्क शिक्षा नीति, बालबालिकाको संरक्षण नीतिलाई सबैभन्दा बढी जोड दिइएको छ ।

पिएपीले राष्ट्रियताको अधिकारमा एक पटकको नेपाली सँधैको नेपाली, पुस्ता देखी पुस्ता सम्म वंशजको नाताले उ सँधैको लागि नेपाली हुनेछ

भन्ने घोषणापत्रमा उल्लेख गरेको छ । ‘१८ वर्ष पुगेपछि हरेक नेपाली नागरिकले दुई वर्ष अनिवार्य रुपमा राष्ट्रको सेवा गर्नु पर्नेछ’ अध्यक्ष

थापामगरले भने, ‘दुई वर्ष राष्ट्र सेवा गरेपछि हरेक युवा गलत कार्य गर्नबाट बच्नेछ, उनीहरुले अनुशासन र कानुनी शासनबारे सिक्नुका साथै

देशलाई संकट परेको बेला योगदानदिने छन् ।’

पार्टीका उपाध्यक्ष नरेश कोन्मेले पार्टीले प्रहरीले जनतालाई दिनुपर्ने सेवा प्रभावकारी रुपमादिए/नदिएबारे छानविन गर्न स्वतन्त्र प्रहरी आयोग

गठन गरिने पार्टीको नीति रहेको बताए । ‘नेपालका ७७ वटै जिल्लामा जागिर केन्द्र अर्थात जब सेन्टर खोलिनेछ’ उपाध्यक्ष कोन्मेले भने, ‘कुनै

पनि व्यक्ति, संस्था र उद्योगले अनिवार्य रुपमा जब सेन्टर मार्फत नै कामदार पुर्तीको सूचना दिनु पर्ने छ ।’

उनले पार्टीको नेपाल कल्याण सेवा नीति अन्र्तगत हरेक नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता
पाउने र बालबालिकालाई १५

वर्ष नपुगे सम्म बालबालिका भत्ता उपलब्ध गराइने बताए । ‘घरबार विहीन नागरिकका लागि सरकारी घर उपलब्ध गराइनेछ । यसका लागि

उनीहरुले न्यूनतम शुल्क तिर्नु पर्नेछ ।’ उनले भने । उनका अनुसार नेपालमा आवत जावत गर्न राहदानी प्रणाली लागू गरिनेछ ।

पार्टीको श्रम कैद नीति अन्र्तगत हरेक कैदीले अनिवार्य रुपमा दैनिक १५ घण्टा काम गर्नुपर्ने व्यवस्थ लागु गरिने उनले बताए ।

घोषणापत्रमा प्रधानमन्त्रीको पदावधी पाँच वर्षको मात्रै हुने र एक पटक प्रधानमन्त्री भएपछि फेरी हुन नपाइने समेत उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...