पोखरा २ भदौ / पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले ल्याण्डफिल्ड साईडको मंगलबार
अवलोकन गरेकी छन् । महानगरपालिका वडा नम्वर १४ मा ल्याण्डफिल्डका कारण केही नागरिककको घरमा
हरियो माखा आएको गुनासोलाई सम्वोधन गदै उनले अवलोकन गरेकी हुन् । अवलोकनमा महानगरका प्रमुख
प्रशासकीय अधिकृत शेषनारायण पौडेल, न्यायीक समिति सदस्यद्धय किशोर बराल र पार्वती कार्की तथा
महानगर फोहोरमैला महाशाखा प्रमुख कल्पना बराललाई लिएर काबा प्रमुख गुरुङले अवलोकनमा गएकी थिइन्
।
नागरिकको स्वास्थ्यमा असरपर्न सक्ने गुनासोलाई तत्काल सम्वोधन गर्नुपर्छ भन्ने मान्यताले आफुले
ल्याण्डफिल्ड सहित त्यस आसपासको बस्तीमा माखा आए नआएको बारे स्थलगत अवलोकन गरेको बताइन् ।
केही नागरिकले घरमा हरियो माखा आएको कारण समस्या भएको गुनासो गरेपछि त्यस क्षेत्रमा अवलोकन
गरेको र त्यस्तो कुनै प्रकारको माखा नदेखिएको पाइएको उनले जानकारी दिइन् ।
ल्याण्डफिल्ड साइडमा माखा आएका कारणले त्यस्तो भएको होकी भन्ने लागेर त्यहाँ अवलोकन गर्यौ तर त्यहाँ
केही भेटिएन उनले भनिन्, त्यसपछि त्यस वरपरका बासिन्दालाई घरमै पुगेर जानकारी लिदा माखा नआएको
पाएको छ । नागरिकको स्वास्थ्यप्रति महानगर गम्भिर छ, त्यसैले चासो लिएर आफै स्थलगत अवलोकनमा
गएकी हुँ उनले भनिन् । ‘महानगरबासीको स्वास्थ्यका बारेमा सचेत र गम्भिर छौ, त्यस्तो कुनै समस्या देखि
जानकारी गराउन आग्रह गछौ ।’ उनले ल्याण्डफिल्ड साइडको अवस्था, भैरहेका कामका बारेमा जानकारी लिएकी
थिइन् ।