सागर राज तिमिल्सिना
पोखरा, २४ भदौ /शनिबार बेगनास तालमा डुंगा डुब्दा बेपत्ता ६ जनाको आइतबार बिहान देखी नै खोजी कार्य
सुरु भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरुले बिहान देखी नै खोजी गरेका छन् ।
खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारको गोटाखोर टोली पनि खोजीका लागि आएको कास्की प्रहरी प्रमुख
ओम रानाले जानकारी दिए ।
पोखरा ३१ बेगनास गाउँ जान १० जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ जना महिलाको
मृत्यु भएको थियो । ६ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार नवलपरासीका ५ वर्षिय प्राचीन पौडेल, ६
वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, ३२ वर्षिय रवि खनाल, १७ वर्षिय मनिषा बजगाई र ४ वर्षिय रन्जित
गैह्रे तालमा वेपत्ता छन् । उनीहरुको खोजीकार्य भइरहेको रानाले बताए । रवि खनाल नेपाली सेनाका प्युठ हुन् ।
खनाल नेपाली सेनाको अमलेखगन्जस्थित जंगलवारफेयर स्कुलमा कार्यरत थिए ।
दुर्घटनामा परी पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी कडेंल( बजगाई ) र तनहुँ भीमादकी ४०
वर्षिय जमुना कडेंल(गैह्रे) को मृत्यु भएको थियो । तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको उद्दार
भएको थियो । अर्को डुंगामा एक्लै गएका कमल कडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी
पनि तालमा खसेपछि उद्दार टोलीले उद्दार गरेको थियो ।
शनिबार दिउँसो बेगनास डुंगाघाटबांट आफना बालबच्चासहित १० जनाको परिवार एउटै डुंगा लिएर
बेगनासतालको सिरान माईत तर्फ गएका थिए । तर तीन महिना पहिले मात्रै बनाएको डुंगाबाट पानी चुहिएर
डुंगा डुबेको सपना खनालले बताइन् । तालमा डुंगा डुबेपछि लगत्तै स्थानीयबासिले ५ जनाको उद्दार गरेका थिए ।