पोखरा, १६ भदौ/ माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा गएरातीको पहिरोले गाउँमा ल्याईएको
खानेपानीको पाईप वगाउदा पीउने पानीको हाहाकार भएको छ । घाचोकको भलावोट र खरीवोटका झन्डै १ सय
घरधुरीको लागि पिउने पानी ल्याईएको ४ सय मिटर पाईप चमेरा गुफा नजिक पहिरोले वगाएको हो ।
ऐतिहासिक चमेरा गुफा समेत पहिरोले पुरेको छ । शुक्रवार राती ८ बजेको समयमा गएको पहिरोले पुरै गाउँमा
खानेपानीको चरम समस्या भएको स्थानीय प्रकाशमोहन पोखरेलले जानकारी दिए ।‘पहिरोमा परेर ४ मिटर जति
पाईप पुरै नष्ट भएको छ।हिजो वेलुका देखीनै धारामा पानी आउन वन्द भयो । गाउँमा खानेपानीको हाहाकार छ।’
पोखरेलले भने,‘गाउँपालिका तथा खानेपानी कार्यालयले खानेपानीको यथाशिघ्र व्यवस्थापनको लागि पाईप
उपलव्ध गराउनु आवश्यक छ।’