कास्की प्रहरीको गुण्डा अप्रेसनमा १५ जना पक्राउ

पोखरा २४ असार /कास्की प्रहरीले गुण्डा गर्दी गर्नेलाई पक्राउ गर्ने अभियान शुरु गरेको छ । पोखरामा विभिन्न ब्याक्तिहरुलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्न संलग्न रहेको भन्दै १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले लम्जुङ घर भइ पोखरा १२ बस्ने ललित गुरुङ सहित अन्य १५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङजा रापाकोट घर भइ पोखरा १७ घारीपाटन बस्ने चन्द्र गुरुङ, पोखरा ९ नयाँबजारका शनिराज डंगोल, पोखरा ११ का सुमन श्रेष्ठ, स्याङजा पुतलीबजार नगरपालिका ७ लुम्छाका पुनम गुरुङ र प्रकाश गुरुङ, म्याग्दी अन्नपूर्ण गाउँपालिका १ दोवाका धन कुमार पुर्जा, कास्की भरतपोखरीका महेश छोटा भन्ने महेश अर्याल, पोखरा बिरौटाका सुजन लामा, पोखरा १४ काजी पोखरीका जिवन थापा र बिजय गुरुङ, पोखरा १७ छोरेपाटनका नबिन गुरुङ, पोखरा लेकसाइडका बिजय रानाभाट, पोखरा अर्चलबोटका रोहित सुनार र पोखरा बाग्लुङ बसपार्कका रोहित गुरुङलाई पक्राउ गरी आइतबार सार्वजनीक गरेको छ ।

पक्राउ परेका उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गरिने कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले वताए । कास्कीमा गुण्डा अप्रेशन सुरु भएको बताउदै यसअघिपनि साना तिना हप्ता असुल्ने टोले गुण्डाहरुलाई पक्राउ गरेको बताए ।
उनले फरार अपराधीलाई पक्राउ गर्ने अभियान पनि सञ्चालन गरेको बताए । उनले करिब २ महिनामो ७६ जना फरार अपराधी पक्राउ गर्न सफल भएका बताए । रानाका पोखरालाई सुरक्षीत सहर बनाउनका लागि मुख्य मुख्य चोक र सडकहरुमा सिसी क्यामेरा जोड्ने तयारी समेत भइरहेको बताए ।

त्यसैगरी ट्राफिक कारबाही अन्तर्गत ८ हजार ५ सय ६६ जना लाई कारबाही गरिएको छ । ट्राफिक कारबाही अन्तर्गत मापसेमा २१४ जना, मोडिफाइ गरेका सवारी ४४, मिटरमा जान नमान्ने १२४ ट्याक्सी, प्रेशर हर्न प्रयोग गर्ने १० वटा सवारी र फुटपाथमा पार्किङ गर्ने ४७० सवारीलाई कारबाही गरेको छ ।

त्यसैगरी जुवातासमा संलग्न ५९ जना लाई पक्राउ गरी कारबाही गरिएको काःकी प्रहरीले जनाएको छ । त्यसैगरी यौन ब्यवशायमा संलग्न २७ पुरुष र ५१ महिलालाई पक्राउ गरि मुद्धा चलाइएको र चोरी, लुटपाटमा संलग्न १८ वटा मुद्धामा २४ जना पुरुष र ४ जना महिलालार्य कारबाही गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्राकृतिक श्रोतको दोहन गर्ने १४ वटा सवारी र हराएका मोवाइलहरु ४६ थान फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी छोरेपाटन, ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी २८ थान सिसी क्यामेरा जडान गरिएको कास्की प्रहरी प्रमुख रानाले वताए ।

कमेन्टहरु
Loading...